हुने खाने जुवाका खाल हालेर बस्छन
हुदा खाने चुहिने पाल हालेर बस्छन
धनीलाई कुन् दशै अनि केको तिहार
माझी दाइ नदीमा जाल हालेर बस्छन
सबैलाई आ-आफ्नो दुनो सिधा पर्नु छ
तस्कर् चाहि बिरालोको चाल हालेर बस्छन
वर पर मँगल धुन बास्ना मिठा चल्दा पनि
दीन दुःखी च्याँख्लामै दाल हालेर बस्छन
पिउनलाई पानी छैन हुम्लिङ खाम्लिङतिर
तर नेता गिलासमा माल हालेर बस्छन
तोयानाथ पौडेल
‘मरुभूमिको छाती’बाट ..
