Skip to content

साथ दिने हात छुट्यो झर्यो जिन्दगी


आजभोलि दोधारमा पर्यो जिन्दगी
खै के कुराले हो भर्यो जिन्दगी

आँधी हुरी चली बाढी पैरो गइरहँदा
कैले वारि कैले पारी सर्यो जिन्दगी

हाँसो खुसी जलेर खरानी भएपछि
जिउँदो लास बनिरह्यो जिन्दगी

मरेपछि जुम्ारले नि साथ छोड्छ भन्छन
साथ दिने हात छुट्यो झर्यो जिन्दगी

पाउनुभन्दा ज्यादा गुमाउनु पर्दो रैछ
अथाह बेदनाको नदी तर्यो जिन्दगी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *