Skip to content

यति चोखो मायामा

  • by


यति चोखो मायामा घात गर्नु हुदैनथ्यो
मलाई एक्लै छाडी अन्तै सर्नु हुदैनथ्यो

भनेकै थिए मैले तिमीलाई साथ दिन्छु भनी
झुक्काएर तिम्ले खोला तर्नु हुदैनथ्यो

सँगै सँगै शिखर चढी धित मेटाएर
पराईको हात समाई झर्नु हुदैनथ्यो

नसुनेरै तिमीले कुरा मेरो दोष ठानी
अन्धो बनी अरुको भर पर्नु हुदैनथ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *