नाता साईनो पनि वेचिदो रहेछ
जव मनमा लोभ लालचको बाढि आउछ
प्रेम र सत्य पनि तौलिदो रहेछ
जव अज्ञानताले नेतृत्वमा राज जमाउछ
निती नियम पनि झन्झट हुदोरहेछ
जव ह्दयलाई कपटताले घेरिदिन्छ
आसुको पनि मुल्य पनि हुदोहरेछ
जव पैसालाई विवेकले छेकिदिन्छ
जन्म दिने पृष्टभुमी पनि मेटदो रहेछ
जव शरीरको प्यास मेटाउने कोही आउछ
कोक्रो बनेको काख पनि विरानो बन्दोरहेछ
जव यौवनको नशामा जीवन विलाउछ
हिडन सिकाउने आगँन पनि विर्सिदो रहेछ
जव हिडन सक्ने खुटा भए पछि
जन्म दिने पृष्टिभुमि मेटन तम्सिदोरहेछ
जव दुई चार पैसा खेलाउन थाले पछि
अतित पनि सपना जस्तै ठान्दो रहेछ
जव पद र अहमताको नशा लागेर आउछ
कलम समाउन सिकाउने हातलाई स्वार्थ ठान्दो रहेछ
जव स्त्रीलम्पट भई समय विताउछ
निती, शास्त्र पनि खुर्पाको वेट बन्दोरहेछ
जव निर्यणको किनवेच गर्ने रित चलाउछ
अन्याय अत्याचार पनि रमाउदो रहेछ
जव सम्म कानुन र निती कागजमै लुकाउछ
प्रेमको मुल्य तिर्न कोही नसक्दोरहेछ
जव ज्ञान आखाबाट ज्योति बनेर आउछ
साईनो भन्दा पैसा तुच्छ बन्दोरहेछ
जव कोही प्रेमको परिभाषा बुझेर आउछ
सत्य पनि मेटिदो रहेछ
जव सवको ह्दयमा मनले शासन चलाउछ
दिउसो पनि अन्धकार बन्दोरहछे
जव ज्ञानको मन्दिरमा ताला लाउदछ
