Skip to content

शरदमा फुल्ने फूल


शरदमा फुल्ने फूल शिशिरमा फूली दियो
कोही थिएनन मालागाँस्ने र त याम भुली दियो

धर्तीमाथि जून पोख्यो मार्सी धान झुल्ने बेला
बयेली थ्यो गैरी खेतमा केले बाढी हुली दियो

रातो गुलाब सजाएँ थेँ प्रीतको प्यारो बगैंचामा
टप्प थूँगा चुडी लाने भावी यतै डुली दियो

क्षितिज खुल्यो लाली भई न्याउली हाँस्यो वनैभरि
सधैं दुखित बैरागीलाई, भाग्य कहाँ खुली दियो ?

विश्वास गरी हुन्न रै छ रङ्ग फेर्ने जमानाको
अमृत सम्झी पिएँ माया जहर बनी घुली दियो

बुद्धि मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *