मन्दिरबाट हिजो लखेटिनुभएको थियो ।
र आज शौचालयमा भेटिनुभएको थियो ।
सबैको आँखीझ्यालबाट अस्ताउनुहुनेछ,
अस्ति अस्ति मनमा समेटिनुभएको थियो ।
ज्योतिषि भन्दैछन आयु छोटो छ हजुरको
मेरो पनि सपनीमा रेटिनुभएको थियो ।
भगवानले सजाय पाउनुभएछ किन ?
साँघुरो सोचाइमा चपेटिनुभएको थियो ।
बस्ती ‘विपिन’तिर सारेर मुक्ति मिलाईयो,
कठै हजुर कति रगेटिनुभएको थियो ।
