परिवर्तनको पखाईमा रहेका यी आँखाहरू फेरि रसायो
कुन वैरीको नजर परयो भाइको बिरुद्ध भाइले नै बन्दुक उठायो
फेरि ठाउँ-ठाउँमा बम राखिएका पत्रपत्रिकाले समचार ल्यायो
परिवर्तनको आसमा बाचेको यो प्राण आफै धिक्कार भयो
बन्दुक बिसाएको देखदा परिवर्तनको लहर हुन्छ भनी ठानेको थिए
भाइ भाइ मिली नेपालको नयाँ संस्कार सिकाउछ कि सोच्दै थिए
वुद्धको देशबाट फेरि शान्तिको सन्देश फैलिन्छ भन्थे
सबले सगरमाथा झै बिचार बनाउछ भनी सोच्दथे
तर बिडम्वना परिवर्तनको सटटा फेरि गृह युद्ध खोजदैछ छ रे
संबिधानका लागि जन्ता भौतारिदै छ अरे
वैरीको भावमा परि फेरि बिद्रोहीको स्वरुप बन्दै छ अरे
आफनै दाजु भाइले मृत्युको पखाई कुर्दै चिहान खन्छ अरे
भैगे हे प्रभु अब अँझ पीडा मैले सहन सक्दिन
आफनै आँखाले फेरि नेपालीको शिर काटेको देख्दिन
मलाई अब मृत्यु नै ठिक होला परिवर्तनको आश गर्दिन
निराश यो तन मन अब अरु कसैको सामु पोख्दिन
दैवाको प्रेम लिलामा शक्ति भए नेताहरू सद्बुद्धि देखाइदिनु
नेपाली भाइ भाइ बिचको चर्काे लडाई मिलाई दिनु
युद्धको निम्ति तयारी हतियारहरू सदाको लागि हटाइदिनु
शान्तिको देश, बुद्धको देश, सगरमाथाको देश सदा सदा बचाइदिनु ।
