Skip to content

यत्तिकैमा मरेँ भने

माफ गर्नु तिमीलाई, मैले माया गरेँ भने,
ढिक्का आँशु झारिदिनु, यत्तिकैमा मरेँ भने

तिमी बाहेक अरु मेरो, रुने मान्छे कोही छैन,
रुँदा सोधे अरुले, भन्नु यो कोही हैन
भेट्न आउँन सक्दिन, बन्धनमा परेँ भने,
ढिक्का आँशु झारिदिनु, यत्तिकैमा मरेँ भने

मिलनको बिरुद्ध ती, अवस्था बन्दा बन्दै,
त्यसै बिच आशाका ती, दिनहरू गन्दा गन्दै
भागि तिम्रो छेउबाट, पर डेरा सरेँ भने,
ढिक्का आँशु झारिदिनु, यत्तिकैमा मरेँ भने

माफ गर्नु तिमीलाई, मैले माया गरेँ भने,
ढिक्का आँशु झारिदिनु, यत्तिकैमा मरेँ भने

पुस्कल पौडेल(—प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *