आँखासँग आँखाहरू जुधाउन नआऊ
आँखैभित्र बस तिमी बिझाउन नआऊ
मुटुभित्र बसेको छ तस्बीर त्यो तिम्रो
झल्काउदै झझल्कोमा टल्काउन नआऊ
छटपटी मै बित्यो रात कोल्टे फिर्दै मेरो
एकै झप्को निदाको छु जगाउन नआऊ
भेट्न आउछौ कोसेलीमा यादहरू बोकी
यसै गरी सपनीमा सताउन नआऊ
वेदनाको ज्वालाभित्र जलेको छ गाउँले
पिरतीका लप्का बोकी जलाउन नआऊ
जीतु खड्का गाउँले
मोरन उर्लाबारी

बडो रसिलो गजल, गाउले सरका सबै
बडो रसिलो गजल, गाउले सरका सबै गजल मन पर्छन त्यसमा पनि धेरै त मेरा लागि खास छ्न जसमध्य यो पनि एक हो।
बडो रसिलो गजल, गाउले सरका सबै
बडो रसिलो गजल, गाउले सरका सबै गजल मन पर्छन त्यसमा पनि धेरै त मेरा लागि खास छ्न जसमध्य यो पनि एक हो।