कता कता मेरो मन मसँगै क्यै मागिरन्छ
तिमीलाई खोजी खोजी कता कता भागिरन्छ
रोक्न जति खोज्यो उति कता कता दौडिएको
किन होला मेरो मन मायाभित्रै पौडिएको ?
कता कता मेरो मन मसँगै क्यै मागिरन्छ
तिमीलाई खोजी खोजी कता कता भागिरन्छ ।
मायालाई रोक्नु मेरो भुल भयो आज भोलि
सोधिरन्छ मैलाई नै मेरी माया कता होली ?
तिमी जता गयो उतै मेरो मन भागिरन्छ ।
आफू भने सुत्न खोज्छु ऊ भने चै जागिरन्छ
कता कता मेरो मन मसँगै क्यै मागिरन्छ
तिमीलाई खोजी खोजी कता कता भागिरन्छ ।
