Skip to content


साझैपिच्छे लोडसेडिङ्ले
छोपेका अ”ध्यारा दिमागहरूमा
के पलाउन् र अरू निराशाहरू नपलाए
एउटा अ”ध्यारोबाट उम्केर
बिलाउनुपर्ने अर्को अध्यारोमा
नियति के हाम्रो यति नै
उदाउन नपाउ”दै एउटा प्रश्न
फेर िविलीन हुन पुग्छ, लोडसेडिङ्कै कालोमा ।
उज्यालो त चेतना हुन्छ/सेतो त ज्ञानको रङ रे
तर, हाम्रो उज्यालोको भोक, कसले कहिले मेटाउने हो –
हाम्रो निष्पट कालो संसारमा, घाम कहिले उदाउने हो –
हरेक मान्छे बा”चिरहेको छ
भाग्यको बोकेर रत्तिोरत्तिो एकएकवटा कुलेखानी
छोड्न पाइएला कुनै दिन भन्दै अ”ध्यारोमा रूमल्लिने बानी
निभ्नै नपर्ने बेला पनि अचेल
तर, झ्याप्पै निभ्ने गरेको छ बत्ती ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *