अकिंचन् जिन्दगी ! न शोक न रहर
बाच्नका करै कर
भोग्नु दुख मात्र
कामुक ! मनका भावना !
देखेर उज्यालो खोज्छौ, अँध्यारो कुनाहरू
भोगका आदर्शमा बनेर लम्पत्ट
गाउछौं ! आफ्नै आदर्श र छटपटी
कत्ति छन, उदास मन छरिएका
हाल्दैनौ, तिनमा हाँसो
आफ्नै जिन्दगी, खोज्छौं जीउन
दिनानुदिन, कसिरहेछौं पासो
एक छिन हाँसौं अरुसँग
बिर्सेर आफूलाई
हेरौं ती परिवर्तीय दृष्यहरू
बाँधीएर तिनमा !
सुखानुभुतिको बाँकी
ती अबशेषहरू !
