Skip to content

यति ठुलो चोट बिच

  • by


यति ठुलो चोट बिच एक्लै आज जिएको छु ।
चोट भुलि बाँच्न खोज्दा अलिकति पिएको छु ।

दुख्यो मुटु चर्को छाती आँशु आफै बगेको छ
निष्ठुरीले छुरी धस्दा रगत सुकि खिएको छु ।

मायालुको छुरी लाग्दा धुजा धुजा भो शरीर
चोखो जीवन यो मुटु ! दुःखसंग सिएको छु ।

दुःख पिडा चोट आँशु जीवनको पेवा भई
यसैलाई भुलाउन नशा थोरै लिएको छु ।

रुन हुन्न कति भने मन मेरो रोएको छ
भुलाउँन गार्हो भै मदिरालाई दिएको छु ।

मुटु दुख्यो आँखा सुक्यो जीवन अडेको छ
उस्तै यो चोट बिच कोही छ कि चिएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *