सागर हो स्वास्नीमान्छे, ऊ त बुझ पचाउन सक्छे
सारा रहस्य छातीभित्रै लुकाउन सक्छे
अंगालोबाट आफूलाई ऊ जान्दछे छुटाउन
बिटुला ओठहरूलाई ऊ सक्दछे पखाल्न
ऊ अभिनय गरेर आँसु खसाल्न सक्छे
भावुक लोग्नेमान्छेलाई छिनमै भुलाउन सक्छे
घुम्टो उघारी हेर्दा ऊ जान्दछे लजाउन
आँखामा धेरै कुरा ऊ सक्दछे अटाउन
ऊ अनेक छाल पारी पवित्र बन्न सक्छे
हर एक सत्यलाई कहानी भन्न सक्छे
शब्द: किरण खरेल
स्वर: माणिकरत्न
संगीत: शिवशंकर
