Skip to content

नेपाल नेपाल (गीत )


नेपाल लेऊ यो तन मेरो कोशेली भयो लौ
नेपाल तिम्रै लागि यो मन अर्पण सदा भो

फेरेको सास नेपाल सदा सुगन्ध भनेर,
बोलेको बोली नेपाल मात्रै आवाज दिएर,
धड्काई मुटु नेपाल भनी जीवन चलाई,
रगत बगी नेपाल रङ्ग भएर चल्नेछ ।

सम्पूर्ण तन तरङ्गित बनी नेपाल नेपाल,
भनेर नाची उफ्रेर कुदी नेपाल नेपाल,
पुकारी दिन्छु स्वीकार चाहे अथवा नगर,
गरी नै दिन्छु सदाका लागि जीवन अर्पण ।

२०७० मंसीर २९
लय :– असारे लोकलय ३,२, ३ ३, ३ ३ जम्मा १६
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com

www.bijusubedibijay.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *