पोलेको यो छातीमा नुन-चूक घसेर नजाऊप्रिया
राम राम जप्दै पिँठमा छुरा धसेर नजाऊ प्रिया
क्षणभरको रमाइलो हैन जिन्दगी धेरै लामो छ
सोच्तै नसोचीकन जताततै बसेर नजाऊ प्रिया
पीर-चिन्ताको शिखर अग्ल्याएर हृदयको माझमा
निरासाको गहिरो कुण्डभित्र पसेर नजाऊ प्रिया
यो मेरो मनको सुन्दर बाग उजाड छ तिमी बिना
विश्वाशघाति नजरहरूमा फसेर नजाऊ प्रिया
