भनेकै थिएँ बाटैमा घर छ
कुनै दिन पस है
गुन्द्री र काम्लो पिंढीमा जे छ
तानेर बस है
आगनी आज टेकेर गयौ
बोल्दा नि बोलिनौ
के लुकाई ल्याथ्यौ पटुकीभित्र
खोल्दा नि खोलिनौ
फर्केर फेरि यही बाटो आए
नबिर्सी पस है
गुन्द्री र काम्लो पिंढीमा जे छ
तानेर बस है
यही बाटो हिंड्यौ तर्केर गयौ
मन रोयो धर्केर
हेरेर बसें देउरालीसम्म
आइनौ फर्केर
तर्केर नजाऊ मनकी मायालु
क्यै गरी पस है
गुन्द्री र काम्लो पिंढीमा जे छ
तानेर बस है
शब्द – रामजी घिमिरे
स्वर – यश कुमार
एल्बम – तिर्खा
