१)
कतै हर्ष कतै रोदन त्यो सिन कस्तो होला
तिमी बिनाको एक्लो म त्यो छिन कस्तो होला
डोलि चडि पराईसँग जान्छौ होला तिमी त
मेरो जीवनकै कालो त्यो दिन कस्तो होला
२)
भित्रि मन रुँदारुँदै बाहिर रमाएर के गर्छौ
खुशी छैन मन भने कमाएर के गर्छौ
यता छामे रित्तो हुन्छ उता छामे भित्तो
चिसो रातमा सधैं सिरानी समाएर के गर्छौ
३)
एकान्तमा मस्किन्छिन् उनी
कोही देखे झस्किन्छिन् उनी
भेट हुँदा मौका मिलेपछि
प्रेमका परिकार पस्किन्छिन उनी
४)
सपनाकि रानिको मुहार हेर्ने कहिले होला
सिङ्गलबाट डबल बेड फेर्ने कहिले होला
दु:ख सुखका गफ गर्दै दिन रात बिताउने
मनकि प्यारिलाई अंगालोमा बर्ने कहिले होला
५)
लजाएर तिम्ले मुख छेकेको सम्झिन्छु
रातभरि चिठि तिम्लाई लेखेको सम्झिन्छु
डराई डराई तिमीसँग रमाएर बस्दा
अरु कसैले हाम्लाई देखेको सम्झिन्छु
प्रकाश पौडेल जिज्ञाशु
