तिमी त फेरिएका रहेनछौ साथी
देखेको छु सबै फेरिएका
बांगिएका अनि टेढिएका
बोल्दा पनि पैसा लाग्ने जस्तो
हेर्दा पनि आखै बिग्रिने जस्तो
खै कस्तो खै कस्तो
तर तिमी त फेरिएका रहेनछौ साथी ।
उही मन्द मन्द मुस्कान
उही लामो कपाल
उही इस्टाईल
अनि उही माया अनि मिठास
बोलीमा गहिरो विश्वास
सबैलाई समयले टाढा बनायो
मौकामा चौका मार्दै पैसाका पछि कुद्नेहरू
समयसँगै बढाडिएर गए
तर तिमी त उही निश्चल सान्त
सदाबहार नदी जस्तो
म खुसी छु तिमी त बदलिएका रहेनछौ साथी ।
