Skip to content
MayaluBikas


ए आकाश
म पनि तिमी जस्तै बिशाल हुन चाहन्छु
अनन्त असीमित निराकार
हावाको निर्मल झोक्का
संगीतको मिठो झंकार
म महसुस गर्न चाहन्छु
ती काला बादलहरूको गर्जन
तर तीभित्र बसेका जीवनदायी पवित्र जल्कण
त्यो शीतल चादनी
चमचम चम्किने ताराहरू
ए आकाश म तिमी जस्तै हुन मन लाग्यो
पठाईदेउन त्यो सुन्दर चादनी
जसले मेरो निरस जीवनमा रस भरोस
जसले पोलिरहेको मेरो मुटुमा शीतलता छरोस
ए आकाश मेरो लागि पठाई देउ न केही ताराहरू
जसले मलाई सफलताको बाटो देखाउनेछन्
जिन्दगीको अँध्यारो यात्रामा बनेर मेरा जीवनसाथी
टिलपिल टिलपिल प्यारा सीतारा
ए आकाश पठाईदेउन मलाई बादलुको एक टुक्रा
रिसाउदा होस् वा खुसाऊदा
जीवनको हरक्षण हमेसा साथ रहन्छन
या त सूर्यको न्यानो अंगालो
अनि जीवनदायी स्पर्ष
म महसुस गर्न चाहन्छु
तिमी जस्तै हुन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *