Skip to content

तीन मुक्तक (दिन भएपछि रात)


दिन भएपछि रात भएपछि
सानो आफ्नो जात भएपछि
खै कसोगरी पुगिएला गन्तव्यमा
हर पाइलामा घात भएपछि ।

आकाशले बोल्छ धर्तीले बोल्छ
एकदिन आफ्नै मर्जिले बोल्छ
नबोले नि सत्य यो दुनियाँले
अदालतमा मेरो अर्जिले बोल्छ ।

जन्माउदै यहाँ कसैले फाल्यो मलाई
रुवाउदै अनि सडकले पाल्यो मलाई
जब धन कमाउन अनि जमाउन थाले मैले
दुनियाँले आफ्नो भन्न थाल्यो मलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *