Skip to content

प्रश्रित प्रतिष्ठान नेपालको एक झलक

होम सुवेदीः सर नमस्कार । प्रश्रित प्रतिष्ठाका विषयमा केही जानकारी दिनुहोस् न ।
चूमरेः नमस्कार । २०६८ सालमा जुहीका तत्परतामा तपाइँ हामी धेरै जना मिली भैरहवामा डा‍ कपिल लामिछानेको सम्योजकत्वमा यो सम्स्थाको स्थापना भएको हो । यसको उपेन्द्र पागलको सम्योजकत्वमा कोशी पूर्व शाखाको इटहरीमा गठन भएको छ । अहिले मेची महाकाली सद्भाव यात्रामा इलाम झापा मोरङ सुनसरी चितौन रुपन्देहीका साथै पाल्पाका केही साहित्यकार धनगढी महेन्दनगर गएर सुदूर पश्चिम शाखाको गठन गर्ने योजना छ । मोदनाथ प्रश्रित पुरस्कार तथा कविता पौडेल पुरस्कार सालाना दिइँदैछ । साथै विद्वद्वृत्ति र लघु अध्ययन अन्तर्गत केही विद्वान्हरुले अध्ययन पुरा गरिसकेका छन् । विद्वद्वृत्तिमा ५० हजार र लघु अध्ययनमा २० हजार दिइएको छ । अहिलेसम्म यो प्रतिष्ठानका आजीवन सदस्य लगभग सय जना छन् । आजीवन सदस्यका लागि सदस्यता शुल्क ५१०० रहेको छ । यस प्रतिष्ठानबाट केही पुस्तक र बुलेटिन पनि प्रकाशित भएका छन् । यस प्रतिष्ठानका हामी तिन जना सम्क्षक छौ‌ १ कमल दीक्षित २ डा‍ बालकृष्ण थापा र ३ चूडा मणि रेग्मी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *