Skip to content

तिम्रो यादमा


शायद मैले तिम्लाई सम्झिनु मेरो दोष थियो
थाहा छैन तिम्रो नाममा खै कस्तो जोश थियो
मिल्थ्यो कसैको नाम जब तिम्रो नामसँग
थाल्थे खोज्न तिमीलाई ऊ भित्र
शायद तिमीलाई पाउने आशामा
या त फेरि तिम्लाई देख्न नपाएको निराशामा
खुल्ला हुन्थे आँखाहरू तर मस्तिष्कले गुमाएको होश थियो
रुन्थे म जुनबेला सम्झेर तिम्रा हरेक कुराहरू
लिएर आँशु आँखाभरि
तर लाग्छ आज यस्तो मलाई
यो त मात्रै मेरो
नितान्त मेरो कपोलकल्पित सोच थियो
शायद थिएन केही तिमीभित्र मेरो लागि
यसैले पवित्र निर्मल स्वच्छ तरल मेरो प्रेम
तिम्रो लागि अस्विकार्य ठोस थियो
तिमी त के गर्छौ थाहा छैन मलाई
तर आज पनि म सम्झन्छु तिमीलाई
भोलि अँझ धेरै
जति जति दिनहरू वित्दै जान्छ
अँझ धेरै तिम्रा सम्झनाहरू गाढा हुँदै बस्छनेछन् मेरो मनमा
किनकि तिमी सँगको छोटो भेट
जो थियो मेरो जीवनको सुन्दर पल
शायद तिम्रो लागि एउटा अफशोस थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *