गजल लेख्ने बानी भयो तिमी गएपछि
बदलियो जिन्दगी छाडी तिमी गएपछि
गजल लेख्ने बानी भयो तिमी गएपछि
बदलियो जिन्दगी छाडी तिमी गएपछि
सधै पिउने अनि, पिलाउने बानी भयो
अर्कैतिर बाटो मोडि तिमी गए पछि
खुशिलाई रोकि टोलाउने बानी भयो
अन्तै माया जोडि तिमी गए पछि
आशुका मुल फुटाउने बेला भयो
मसगँ नाता तोडि तिमी गए पछि
