Skip to content

झुसिलेका लार्भाहरूले


यी आँखाहरूले धेरै
सम्भावनाका खुड्किलाहरू
आकाश गर्जुञ्जेल झरी परुन्जेल
खडेरीहरूमा हिलाम्मे गन्तव्यहरू टेक्न खोजे
धेरै लोभहरूमा पराकाष्ठाहरूको साङ्ग्लि तोडेर
अहंकारको ज्वालाग्निमा व्याधाले बकुल्ला घोचेर
सेता परेवाहरू मन्चमा विश्वास बाड्न उडाए
शान्तिको प्रतिक जो थियो शान्ति पनि छदै थियो
किनकि
हातहरू बाँधिएका थिए जीव्रोहरू झिकिएका थिए
त्यहाँ शान्ति छरिएकै थियो त्यहाँ आँखाहरू मात्र बोल्थे
किस्तै किस्तामा हिरण्य कसेपु – प्रहलाद मार्दै थियो
अमृत भन्दै विष बाँडे त्यो घट घट पारिसके
किनकि त्यहा प्रत्येक शिविरहरूमा लाम बद्ध
सेता परेवाहरू तर्साउदै शान्तिको कल्प बाँडे
कसैले सुन बाँडे कसैले नून बाँडे
भकारीहरू फुटाएर कसैले घुन बाँडे
अट्ट आलिकाहरू अंशमा पारे
रगत बाँडे अनि फगत बाँडे
विस्वासको खडेरी बाँडे /जात बाँडे /घात बाँडे
यो मनको मलिलो खेतीमा परिवर्तनको लाई (पातमा लाग्ने किरा ) बाँडेर
सबै फूलहरू सखाप पारे झुसिलेका लार्भाहरूले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *