हाम्रो चोखो प्रेम
छुटाएर गयौ शरू॥
अफ्नो नबजिबन
जुटाएर गयौ शरू॥
सुन्दर ति सपना बोकि सघै जिउने भन्थेऊ
आज पूरै सपना बुझाएर गयौ शरू॥
मायाको सम्बन्ध सधै अमर हुन्छ भन्थौ
प्रेमको इतिहास मेटाएर गयौ शरू॥
तिमै लागि यो धर्ती बाचेको थिए
अरूसगै सिउदो भोराएर गयौ शरू॥
रंगिन जिबन तिमि आफु जिई
मलाई आशुमा डुबाएर गयौ शरू॥
