Skip to content

तिमीहरूले गर्ने घात कहाँ कम छ र ?


तिमीहरूले गर्ने घात कहाँ कम छ र ?
बेमौसमा हुने वर्षात कहाँ कम छ र ?

रोजगारीको नाउँमा मानव तस्करी हुँदा
बेरोजगारीको जमात कहाँ कम छ र?

बिर्सेको छैन बम गोला बारुद खेलेको
यादमा बिध्वंशकारी रात कहाँ कम छ र?

कति छिट्टै बिर्सेको हिजो बाँडेको सपना
लाचार मान्छेको बात कहाँ कम छ र?

जनताले चाहेर पनि केही हुने बाला छैन,
भन्छन बिदेशीको हात कहाँ कम छ र?

copyright © मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-१०-१४ मंगलबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *