एक–
कति सुन्दर हुन्थ्यो
फूल कहिले न ओइलाउने भए
कति आनन्द मिल्थ्यो
जीवन कहिले नअस्ताउने भए
स्वाद हेर कति मीठो छ,
म्याद हेर कति छोटो छ
दुई–
कोपिला मुस्कुराउछन्
सुन्दर भविष्यको कल्पनामा
पूmल बिलौनान
आफ्नो नियतिमा
तीन–
हजारौं हुन्छन्
फुलेको फूल
शिरमा सजाउने
तर को हुन्छ–
काँडासँग रमाउने ?
