Skip to content
MilanThapa


झुपडीमा रमेको छु महल सम्झेर
दुःख सहेको छु कर्मकोफल सम्झेर

अबदेखि कहिलै नरुने म भन्छु
झर्छ आशु बिगतको पल सम्झेर

बागमतीको फोहोर गनाउने पानी
मन्दिरमाँ चढाउछ मान्छे जल सम्झेर

जाना जान पनि अन्जान जस्तै बनी
स्वकार गरे तिमीलाई असल सम्झेर

बिछोडै भए नि हासेर बाचेको छु
तिम्रो झूटो प्रीतिको छल सम्झेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *