Skip to content


किन होला सपनीमा रगतको टाटो देखे
लुटिएको चेलीको डर लाग्दो खाटो देखे

मडारिदै कालो बादल चारैतिर आकाशमा
चट्याङको चोट पर्दा अशान्तिको दोबाटो देखे

रोकिएछन् पाईलाहरू हराएछु शुन्यतामा
चिच्याउँदा आवाज छैन आफैलाई लाटो देखे

भेलवाढी उर्लिएर घेरी दियो चारैतिर
व्यूझी हेर्दा रगतले मुछिएको माटो देखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *