रदिफ काफियाको संयोजन हुनुपर्छ गजलमा
तखल्लुसको विचार जनमा छुनुपर्छ गजलमा
रति बोक्ने गजलको धर्म हो माया प्रीतको
अन्तरमनका कथा व्यथा धुनुपर्छ गजलमा
मिसरा–ए–उला उठान गर्छ व्यक्त गरेको भाव
मिसरा–ए–सानी बोल्छ भाव फुनुपर्छ गजलमा
मतलाबाट शुरु हुन्छ बोकी भाव गजलमा
तखल्लुस बोकी मकतामा दुउनुपर्छ गजलमा
रदिफ काफियाको संयोजन हुनुपर्छ गजलमा
‘चिन्तन’को भाव जनमा छुनुपर्छ गजलमा
लक्ष्मण थापा ‘चिन्तन’
मल्म, बागलुङ
