तिम्रो झुटो प्रेमले पोलेर पो रुँदै बसेँ
सपनीमा तिम्रै तस्वीर बोलेर पो रुँदै बसेँ
अँझै प्रेमका चोटहरूमा खाटा बस्न पाएनन् है
घाउभरी नून चुक मोलेर पो रुँदै बसें
हाम्रो प्रेम संसार सामु गोप्य राख्ने भन्थ्यौ तिमी
प्रेमको पीडा सबै सामु खोलेर पो रुँदै बसेँ
तिम्रो माया विष रैछ मेरो अमृत भए पनि
अमृत र विषलाई घोलेर पो रुँदै बसेँ
