प्यारो प्रेम
वसन्तका रंगहरू झै रंगिएका प्रेमहरू जुन मेरा हृदयका प्रत्येक धड्कनहरूसँग धड्किएका छन । एक मिठो सपनी झै । थाहा थियो मेरो हृदयका प्रत्येक धड्कनहरूलाई तिम्रो हृदयका धड्कनमा मेरो लागि कुनै पनि ठाउ छैन भनेर अनि यो पनि थाहा थियो तिम्रो त्यो धड्कन अरु कसैको लागि धड्किन्छ भनेर फेरि पनि मेरा हृदयका प्रत्येक धड्कनहरू तिम्रै निम्ति धड्किएका छन ।

समयका आभाहरूसँग तिम्रा खुसीहरू अरु कसैसँग साटिसकेका छन तर समयका आभाहरूसँग मेरा प्रीतका रंगहरू अँझै गाढा हुदैछन मात्र तिम्रै निम्ति । समयका यी गहिराइहरूसँग तिम्रै तस्विर सजिएका मेरा हृदयका फ्रेमहरू वर्षौ देखि त्यसरी नै सजिरहेछन र सजिनैरहनेछन ।
मेरो प्रेम जुन तिम्रा प्रीतका रंगहरूसँग रंगिन पाएन,जुन तिम्रा हृदयका वगैचाहरूमा फुल्न सकेन अनि तिम्रा खुसी र आसुका साक्षीहरू वन्न सकेन फेरि पनि प्रीतका सरगमहरू जुन पवनका प्रत्येक लहरहरूसँग वगिरहेछ एक्लो यो जिन्दगीका यात्राहरूमा । एक फुल फुलिरहेको रहेछ मुस्कुराए र त्यो फुल टिपे गुलाफ रहेछ सुन्दर अति सुन्दर यस्तो लाग्यो यो फुल मात्र तिम्रो निम्ति फुलेको हो थाहा थिएन प्रेम दिवस रहेछ ।
सोचे मिलन मात्र कहा हो र प्रेम तिम्रा यादमा साचेका ती प्रत्येक पलहरू अनि तिम्रा यादमा मुस्कुराएका ती प्रत्येक पलहरू अनि तिम्रा निम्ति कोरिएका प्रत्येक शव्दहरू मेरा मायाका प्रमाण हुन अनि तिम्रै निम्ति प्रेम दिवसका उपहार हुन । त्यसैले तिमी जहा भए पनि तिमी तिम्रा प्रीतहरूसँग सधै सधै खुसीरहनु यही नै मेरो निम्ति प्रेम दिवस को उपहार हुनेछ ।
मात्र तिम्रो
चाहना