Skip to content

जय जय जय जय प्रणय दिवस


आरोही र सारथी दुई परिवार जोडी
कर जोडी बिन्ती मेरो सलाम छ है मेरो
सधैं सधैं खुसीरहुन जीवन सार्थक बनोस
गर्व गरुन डाहा बनोस जोडी प्रेमको
शिक्षा राम्रो दिक्षा राम्रो आधारशिला राम्रो
जुगल जोडी प्रेमको त्यो गीत गाइरहुन
उदाहरण बनून समाज देश बिदेशमा
कस्तै कष्ट आपत बिपत छुटनाम नहोस
एक अर्काको मनको सधैं तार जोडिइरहोस
तरङ्ग ती प्रेमका मायाँ गीत बनून
सुन्दर बनोस शान्त बनोस मायाप्रीति गाथा
जय जय जय जय प्रणय दिवस !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *