Skip to content


मर्ने र मार्ने खेलसँगै, टुहुरा भए कति नेपालमा
नवीन सपना सारा, अधुरा भए कति नेपालमा

सिन्दुर पुछिए कयौ, नेपाली नारी मनहरूका
मनका रहर सारा, अपुरा भए कति नेपालमा

विगत द्वन्दकालीनका, हरेक पीडित व्यक्तिहरूलाई
राहत प्याकेज का, कुरा भए कति नेपालमा

हत्या हिन्सा आतङ्कले, सधैं बजार पाउदा नेपालमा
सधैं मन मुटु दुख्ने, सुरा भए कति नेपालमा

आत ङ्कित बन्दै गए, हरेक मानव बस्तीहरू
दिन दहाडै घाटी रेट्ने, छुरा भए कति नेपालमा

रचना मिति :-
२०६९-१०-२९ धनगढी, कैलाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *