केही सिक्छु जिन्दगीका भोगाइमा पनि
छुट्टै मिठो आनन्द छ दुखाइमा पनि ।।१।।
समाजसेवा यो शहरमा अचम्मकै हुने
आफ्नो स्वार्थ मिसाइ दिन्छन् बधाईमा पनि ।।२।।
दु:ख पर्दा मुख मोड्छन आफन्तले यहाँ
मानवताको धर्म हुन्थ्यो पराईमा पनि ।।३।।
बाढीपिढित भोक्कै मर्दा सरकार हेर्दै बस्यो
दया हुन्छ अलीकति त कसाइमा पनि ।।४।।
झुपडीमा हुर्किएको गाउँले ठिटो न हुँ
डर लाग्छ सफलताको उचाइमा पनि ।।५।।
जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
