
अस्तिको कुरा
हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ
हाम्रो भाषा हाम्रो भेष प्राणभन्दा प्यारो छ
हो यहीँ पढाउदै थियौ मेरो वालसुलभ मस्तिष्कमा
जय जय कारको गगन भेदी नाराहरू थिए
नाङ्गा खुट्टाहरूले खुइलिएको चौरमाथि टेकेर
म पनि उफ्री उफ्री कराएथें स्वर भासिउञ्जेल
तिमीले पढाएको इतिहासमा म विश्वासको पुल्ठो बोकेर
हरेक जन्मोत्सव र तिम्रा सवारीमा लाम लागेर
खाइ नखाइ जय जय भन्दै गान गरें
तिमी अग्लिदै गयौ इतिहासका पानाहरूमा
वाल सुलभ मेरो मन तिमीलाई भगवान् देख्न थाल्यो
अलिक पछि थाहा पाएँ तिमी हिरण्यकसिपु रहेछौ
मैले देखें तिमी लाटालाई भाटा लाउदै थ्यौ
भक भकेहरूलाई बोल्न थाल्यो भनेर
निषेधका साइन बोर्डहरू झुण्डयायौ
बोल्नेहरूलाई करेली लगायौ
मैले त्यो पछि आवाजहरूको घेरा खोजें
त्यो पछि इन्कलाव जिन्दावादका हातहरू उठे
तिमीले रगत बगायौ मैले माटो सहें
तिमीले खडेरी बादयौ मैले पानी सहें
िहजो को कुरा
केही पछि
उज्यालोको खोजिमा
तिमीले झन्डा उठायौ मैले हातमा हात थपें
इन्कलाव जिन्दावाद
मरुभूमिमा क्याक्टस उम्रियो
उज्यालो भयो पूर्व उदायो
रुखहरू उम्रिए बारिहरूमासँगै घाम उदायो
आंधी नै नआई सोत्तर भयो रुखहरू ढलेर
प्रताप त्यो सूर्यको तिमी मत्ता हात्ती भयौ
ग्रहण त्यो सूर्यको देशै अँध्यारो बनायौ
हे सुन कोशी हे महाकाली !
अस्ति भर्खरै रगत बेचेर महल किन्यौ
सहिद साटेर सिरक ओढयौ
आजको कुरा
अब फेरि एक पटक बन्दकी राखेर यो बुढी औला
सिंहासन सुम्पेको छु !
======================
srdhakal
अध्यक्ष
अन्तरास्ट्रिय नेपाली साहित्य समाज
(sothern california )
क्यालिफोर्निया च्याप्टर अमेरिका
