मेरो पनि ब्यथा तिमीदेखि नै सुरू हुन्छ
तिम्रो मन नि रुन्छ होला, मेरो पनि रुन्छ
सम्हालेको हुन्छु प्राय, कहिलेकाहीं रोक्न सक्दिन
आसु तिम्रो पनि झरछ होला, मेरो पनि त्यस्तै हुन्छ
जूनको ज्योति अनि सागरको मोती
सुन्दा निकै रमाइलो लाग्थ्यो
तिम्रै लागि कोरिएको जस्तो लाग्थ्यो, कसम
आज भोलि त कान दुक्छ
बगैचामा फुलेका ती फुलहरू र तिम्रो मुहार,
साचै नै उस्तै उस्तै लाग्थ्यो
आज भोलि त रिस उठ्छ
मदेखि तिमीलाई नि रिस उठ्छ होला
मलाई नि साची त्यस्तै हुन्छ
तर कहिलेकाहीं तिम्रो धेरै याद आउँछ
अनि फेरि मन रुन्छ, प्राय सधै यस्तै हुन्छ
अनि पिइन्छ, मातिन्छ, अनि, ढलिन्छ।