Skip to content

टनकपुर त्यो भद्रपुर जनकपुर पनि हाम्रै हो


ए बा ! ए बा !! भन्दै
आज मेरो अल्छे छोरो ओछ्यानमै करायो
मैले सुनिन भनेर होला आमालाई बोलायो
छोरो छिट्टै आज उठ्यो मैले बुढीलाई सुनाएँ
आमा मेरी आँगनमा डिलमा बसी रुदै छिन

वाल सुलभ त्यसले सोध्यो
बा के हाम्रो सीमाना कित्ता काट भएकै हो त
के अब त्यो पल्लो छेउ पारि परेकै हो त
हजुर बाले दिंदा खेरि कुन सीमाना कायम थ्यो
सुनेको थिएँ पश्चिममा किल्ला कांगडा पूर्वमा टिष्टा भनेर
के हजुरलाई थाहा छ त्यसरी कित्ता नै नकाटी
सीमाना सार्न पाइन्छ ?

मैले छोरालाई सम्झाएँ
बिहानै ओछ्यानमा नकरा
हात मुख धोएर खाजा खा
मुखियाले भनेपछि हुञ्छ त
त्यो कुरा अब कसैले सुन्छ त ?

छोरो मेरो जंगियो अब घर नै रंगियो
गाउँ घर छिमेकमा कुरो सबै फैलियो
एक छेउ के सरेथ्यो आकाश खस्ला जस्तै भो
बुढी पनि उफ्रदै आँगनमा उक्लि छे
हजुर बाले बाँधेको सीमाना त्यो आलिले
किन सर्यो आज त्यो झेल गर्यो कि खलीले
कित्ता काट नै नगरी किन पर्यो त्यो पारि ?

नकरा न हौ छोरा नकरा
ठुलो भए पछि थाहा पाउछस
सूर्य प्रसादले पास गरेको त्यो
गाछी बहादुर साक्षि हो
कित्ता हाम्रो सरेकै हो पुर् जति तरेकै हो
टनक चैं वारि नै छ पुर् मात्रै पारि हो

छोरोले फेरि सोध्यो
के मुखियाको कुर्सी को पेच किला कस्नलाई
टनक जति राखे र पुर् जति तारे कि
आफ्नु भागमा साच्चै नै अरु के के पारे कि
टनक पुर् त्यो पारि भो होस् गर्नु होला है
मुखियालाई भन्दिनु टनकपुर त्यो हाम्रै हो
जनकपुर पनि हाम्रै हो भद्रपुर पनि हाम्रै हो !!

srdhakal
अध्यक्ष अन्तराष्ट्रिय नेपाली साहित्य समाज
southern क्यालिफोर्निया च्याप्टर
अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *