नियतिले लुकामारी खेल्दै छल्दा खेरि
दुनियाँमा एक्लै भएँ तिमी ढल्दा खेरि
मलामीको ठूलो भीद्मा बेहोसिंदै रोएँ
तिम्रो देह अग्नि ज्वालासँगै जल्दा खेरि
जलेपछि खरानीको धुलो छुन खोज्दा
उडी गयौ धेरै टाढा हुरी चल्दा खेरि
अँझै तिम्रो सम्झनाले आँसु झारी दिन्छ
मन्मुटुमा वेदनाको आगो बल्दा खेरि
तिम्रै नाम्मा बनाएको चौतारीमा बसी
बिरहमा गजल् कोरेँ साह्रै गल्दा खेरी
चाँगे: ५ ताप्लेजुङ
हाल: सिंगापुर
