सबै भन्छन तिम्रो बारे अचेल जाहा बस्छौ साथी
यता आउने भन्दै हिड्यो बीचमा अन्तै पस्छौ साथी
बहाना त ठिकै गर्छौ कला भको मान्छे तिमी
ओहोर दोहोर हेर्दा लाग्छ अब छिट्टै फस्छौ साथी
विश्वास तोड्यौ भित्र बाहिर देख्दा उस्तै नै छ
आट कित छोड अब नपत्याए खस्छौ साथी
तिम्रो बिगत ब्यावहार, विश्वास राम्रो थियो भने
उस्ले सुन्दै चस्व घोच्ने छुरा किन धस्छौ साथी
तितो लाग्ला मेरो कुरो अर्ती बुद्धी यस्तै हुन्छन
मान कुरा नत्र टाढा भाग्न कमर कस्छौ साथी
