यसरी कसरी पलाउछ आशा, सपना सबै मरेपछि
सुन्दर फूल फुलाउछु भन्दा, डाली नै सुकेर झरेपछि
बाटोको काँडा पन्छाउदै जाँदा, बिचैमा पहिरो खसिदिदा
नयनमा आँशु पग्लेर झर्छ, सपनामा बादल बसिदिदा
चाहना त सबै बिलाउदै जान्छ, चोटैचोट जीवनमा परेपछि
यसरी कसरी पलाउछ आशा, सपना सबै मरेपछि
दौडन्छु समयको पछि पछि, अध्याँरोले संसारै छोपिदिन्छ
साहसै नगरेको कहाँ छु र, नियतिले मुटुमै काँडा रोपिदिन्छ
हारेर पछारिनु मात्र यहाँ, गन्तव्य अन्तै सरेपछि
यसरी कसरी पलाउछ आशा, सपना सबै मरेपछि
कमल लिम्बु (अनिश्चित यात्री)
धनकुटा
हाल; मलेशिया
