के हामी कतै कामै नलाग्ने पत्रु त भएनौ ?
हामी हाम्रो आफ्नै शत्रु त भएनौ ?
उकालो चद्नु पर्ने ओरालो त लागेनौ ?
हामीले हाम्रो भाग्य आफैं त फ़ालेनौ ?
औंशा परेको घाउ के आफैंले पालेनौ ?
कति मौकाहरू त हामीले चुकायौ चुकायौ
आफ्नु शिर आफैंले कति ठाउ झुकायौ
संगठन भनेर कतै गुण्डा त पालेनौ ?
राजनीतिको नाममा कतै सद्भाव नै सकेनौ ?
के हामीले संस्थागत भ्रष्टाचार बढाएनौ ?
पार्टी पार्टी भन्दै कतै राष्ट्र ध्वज गालेनौ ?
अन्धकारमा पट्टिले त अल्मलेनौ ?
गन्ति नै त कतै हामीले बिर्सेनौ ?
हिसाबकिताब नै कतै बिगारेनौ ?
कहीं देशै त धुजा धुजा त पारेनौ ?
छर छिमेक पनि के हामीले सकेनौ ?
नाता गोता पनि तुलोमै तौलेनौ ?
अन्धकारमा अल्मलेनौ ?
बाटो खोज्न टुकी किन बालेनौ
विकास खोज्न के हामीले पाइला चालेनौ ?
दौडने ठाउमा हामी किन दौडेनौ ?
हामी अलच्छिना कामै नलाग्ने पत्रु त भएनौ ? !
