बाटोमा निकैनै पुरानु साथीसँग भेट भयो मलाई देखेर उनी पनि झस्किए म पनि केही क्षन त अलमलिए एक छिन पछि सहज भयो भलाकुसारीहरू भए । लगभग ३५ वर्ष पछि हाम्रो भेट भएको रहेछ । उनले नै हिसाब किताव निकाले ब्यस्त शहरमा ब्यस्त अनि भीड भाड स्थानमा नै हाम्रो भेट भएको थियो म एउटा महिलाहरूको कार्यक्रममा शुभकामना दिन गैरहेको थिए उनी पनि संयोगले त्यहाँ भेटिए बडो खुसी लाग्यो म एक्लै नै थिए उनी उनकै श्रीमतीसँग थिए उनको श्रीमतीसँग चिनजान भो रमाइलोसँग केही क्षन गफ गरियो । उनीहरू पनि सोही कार्यक्रमको लागि उपस्थित भएका रहेछन । हामी पनि हलमा प्रवेश गर्यौं कार्यक्रम शुरु भयो ।
हल खचाखच भरिएको थियो । आधासरो महिलाहरू नेपाली पहिरनमा थिए । केही बाँकी कुर्ता सुरुवाल र अरु बाँकी पेन्ट अनि टि- शर्टमा थिए जाडो अलि अलि थियो, आधाभन्दा केही कम पुरुषहरू पनि उपस्थित थिए । महिलाहरूको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रम थियो महिलाद्वारा नै कार्यक्रम सुमधुर संचालन सुरु भयो तर एकै छिनमा माइकले धोका दियो । त्यसले गर्दा एक छिन फेरि हाम्रो फुर्सद भयो पुरानु साथीसँग पुन गफ सुरु भयो प्रसंग पनि नारी दिवस भएकाले उनीहरूकै विषयलाई हामीले बार्ताको शिर्षक बनायौ ।
महिला विकासका कुरा संसारमा महिलाहरूको उदाहरनीय विषयका कुरा यस्तै चर्चा भए । अनि साथी अन्त्यमा भन्न थाले “नारीहरू प्रशंशाका ज्यादै भोका हुन्छन राम्रो प्रशंशा र प्रोत्साहन पाए भने साच्चैनै सामाजिक कामको लागि उत्साहित हुन्छन यिनीहरू जो हुननी जगत जननी हुन् ।”
अनि एउटा प्रसंगको कुरा चलाए “यिनीहरू जे भने पनि देवी हुन् हाम्रो हिन्दू वादी संस्कारले त्यही देखाउछ” । उनको कुरालाई मैले नतमस्तक सुनिरहें बोल्ने शैली पनि राम्रो रहेछ अनि भन्दै गए “यिनीहरू जसरी पनि देवी हुन् किनकि साथी । यसै प्रसंगमा म एउटा कथा भन्छु भने मैले हुन्छ भने समय पनि पास गर्नु थियो अँझै माइक बनिएको थिएन । विषय नारी कै थियो —
“एक दिन यस मर्त्यलोकबाट तीन ओटी नारीहरू एकैदिन यमराजको धर्मसभामा पुगेछन त्यहाँ कसलाई स्वर्ग पठाउने कसलाई नर्क पठाउने अनि कसलाई मर्त्यलोकमा पुन पठाउने भन्ने छलफल हुदै थियो जो सुकै पनि त्यहाँ पुगेपछि तिनको सम्बन्धमा चित्रगुप्तले सबै व्याख्या गर्नु पर्दथ्यो अर्थात बेली बिस्तारसँग पृथिवीवासीको सबै रेकर्ड सुनाउनु पर्दथ्यो । को कसले कस्तो कर्म गरेर आएका हुन् सबै बेली बिस्तार लाए पछि मात्र यमराजले फैसला गर्दथे ।
त्यस दिन पनि त्यही निरन्तरता चलिरहेथ्यो हतार पनि थियो यमराजलाई धेरै भीड भैसकेको थियो त्यहा अनि सोधे चित्रगुप्तलाई । ल भन यी नारीहरूको पातालमा बस्दाको कर्म के के हो …..चित्रगुप्तले बर्णन गरे हे ख्वामित यी सबैभन्दा अगाडि उभिएकी नारीले पृथिवीबासी हुँदा धेरै राम्रा काम गरेकी थिइन् दान धर्ममा यिनको निकै ठुलो यस थियो यिनिलाई त्यहा सबैले साक्षात देवी भन्थे प्रभु । अनि यमराजले भने ये यिनी साच्चै नै धर्मात्मा रहिछन स्वर्ग पठाइदिनु, अनि अर्कीको पालो आयो तिनको विषयमा चित्रगुप्तले ब्याख्या गरे यिनी पृथिवीमा रहंदा अलिक कर्कशा थिइन् । नाम पनि पिङ्गला हो यिनको जागिर खान्थिन घर फर्कनु बेला भए पछि यिनकी सासू भन्थिन ल घरको काम चाडो सकी हाल त्यो देवीको अफिस छुट्टी भो चांडो गर भन्थिन प्रभु । दायाँ बायाँ छर छिमेकले निकैनै सोचेर बोल्नु पर्थ्यो साक्षात यी पनि त्यहाँ देवी नै थिइन् ।
यमराज एक छिन अलमलिए अलिक डराए जस्तो देखिए अनि निर्णय सुनाए यिनलाई पनि स्वर्ग पठाई दिनु तिनी पनि स्वर्ग नै गइन ।
अब पालो तेश्रीको आयो तिनको विषय अलिक गम्भीर थियो चित्रगुप्तले इतिहास बताउन थाले हे प्रभु । यिनको श्रीमान अलिक जड्यहा प्रवृतिका थियो, बेलुका न बिहान जाँड नभई नहुने – यिनले जस्तो मिठो मसिनो पकाएर खुवाउदा समेत सधैं अपजस दिएर मरुन्जेल भकुर्थ्यो । कुटाइ नखाएको दिन नै हुन्न थियो हजुर, अत्तिनै भएर एकदिन यिनले लोहोरोले टाउकोमा हिर्काएको ठहरै मर्यो त्यो हजुर । त्यस दिन देखि त्यो गाउँमा यिनलाई रणचण्डी देवी हो भन्न थाले हुदा हुदै चण्डी देवी भन्न थाले मरेपछि पनि प्रभु चण्डी देवी त मरिछे भन्थे अनि यमराजले तिनको बारेमा पनि स्वर्ग कि नर्क भन्ने विषयमा कुनै ढिलाई नगरी निर्णय सुनाए हो रहेछ यिनी पनि देवी नै हुन् बुझ्यौ ! चित्रगुप्त यिनलाई पनि स्वर्ग पठाई दिनु ।”
खुब हासियो । उतातिर माइक बनेछ । हाम्रो ध्यान आकर्षण माइकले गरिसकेको थियो ।
जय हो नारी दिवस (2014 )
(मूल कथा ” देवी” हिन्दि मा आधारित :- हिन्दि _ रवि शरण )
