देखाई दिनुस् चन्द्र मुहार किन ढाक्नु हुन्छ
सायद मलाई लोभ्याएर माया माग्नु हुन्छ
हेर्दै लाजवन्ती जस्तै नसर्मराउनुस
बरु हजुर छेउमै सुस्त सुस्त आउनुस
मुख लुकाई मुस्कुराउँदै किन माग्नु हुन्छ
नजानिदो गरी कुरा बंग्याएर
अलि रिसाएर अलि दंग्याएर
कति माया गर्छु भनी किन जाँच्नु हुन्छ
शब्द – नेत्र कोइराला
स्वर – रामकृष्ण ढकाल
संगीत – सम्भुजित बासकोटा
एल्बम – आगमन
