मलाई आफ्नाले, लुटे नि हजुर
त्यसैले दुश्मण, जुटे नि हजुर
कसैको गल्तीले लौ आज आएर
भएको विश्वास, टुटे नि हजुर
अगाडि बढ्दैथे संघर्स गरेर
बिचैमा साथी त, छुटे नि हजुर
थाहा नै पाइन कस्ले के? के? गर्यो
सबै नाता आफ्नै, फुटे नि हजुर
सबैलाई राम्रो गरेकै थिएनी
तैपनि बातले, चुटे नि हजुर
