Skip to content


सधैँ गीत गाऊ, गजल गुन्गुनाऊ
कला जिन्दगी हो, कलामै रमाऊ।

अनायास आजै, छिन्यो तार मनको
म जोडूँ कसोरी, सखी लौ बताऊ ।

अनौठो छ नाता, अनौठो कहानी
उता चोट लाग्दा, यता दुख्छ घाऊ ।

जहाँ पीर सारा, लुकाएर राखेँ
त्यहीँ तीर हान्यौ, लगाएर दाउ ।

बगेकै त हो यो, अँझै बग्छ के भो
नयनभित्र टन्नै, छ पानी बगाऊ ।

बहरे मुतकारीब
१२२x४

Leave a Reply

Your email address will not be published. Required fields are marked *