Skip to content


आमा हुन साह्रै असजिलो छ
पहाड जस्तो
उचाइमा पुगेर मैदान भैदिनु पर्ने
मैदानमा पुगेर उकालो भैदिनु पर्ने

सन्तानहरु कहाँ पुग्छन्
खोलाहरु जस्तो
सपनाहरु कहाँ पुग्छन्
स्वच्छन्द चराहरु जस्तो

आमाहरु पहाड छेउको
चौतारी हु्न् अभिशप्त छन्
आमा हुन अप्ठेरो छ
आमा हुन पहाड हुन जस्तै गहारो छ

शब्द – तीर्थ श्रेष्ठ
स्वर – अमृत गुरुङ (नेपथ्य)
संगीत – नेपथ्य
एल्बम – घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *