Skip to content

कस्तो गार्हो


कस्तो गार्हो राख्यौ तिम्ले, पिरतीमा माग
मेट्न मैले सकिन लौ, चन्द्रमाको दाग

पिरतीको गुँड सर्दा चोरी भयो फूल
भन आफै आज तिमी कोइली हौ कि काग ?

सत्य भए जित होला तिम्रो या त मेरो
आऊ बसी कुरा गरौ किन भागा-भाग

फूल रोपी पुरा गर्छु तिम्रो माग भनेँ
बेर्ना सुकी उजाडियो मेरो मनको वाग

तिम्रो जस्तै माग थियो,भोकाहरूको पनि
कमल टिप्दा किन कुल्च्यौ? सिमसारको साग

Leave a Reply

Your email address will not be published. Required fields are marked *