Skip to content


जाली रुमाल छोडी जाने माया कहाँ छौ
मनको ढोका फोडी जाने माया कहाँ छौ

सिमल पनि ढुंगा जस्तै किन यति सारो
शीतले पनि पोल्दो रैछ पत्याउन गहारो
निर्मोहीको सम्झना झन आफैभन्दा प्यारो

न्याउली रोयो बिरहमा बुझिदिने कसले
सारङ्गीले रेटिएको सुनिदिने कसले
दुइटा मुटु छुट्याएर राख्यो दैव कसले

चखेवा र चखेवीको भेट हुँदैन कि
खोला बग्छ किनारलाई फेरी छुँदेन कि
चौतारीमा वरसँग पीपल हुँदैन कि

शब्द – भोला रिजाल
स्वर – उदितनारायण झा
संगीत – सम्भुजीत बासकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *